०३ असोज २०७९
संविधान दिवसको अवसरमा राष्ट्रसेवक कर्मचारीमैत्री व्याडमिन्टन प्रतियोगिता सल्यानमा सम्पन्न भएको छ ।
आठौं संविधान दिवसको अवसरमा, नेपाल निजामति कर्मचारी संगठन जिल्ला कर्यसमिती सल्यानको आयोजनामा सल्यान श्रीनगरमा सम्पन्न भएको राष्ट्रसेवक कर्मचारीमैत्री पुरुष ब्याडमिन्टन प्रतियोगिता प्रतियोगितामा रोशन वली र सन्तोष वलीको टिम प्रथम भएको छ । प्रतियोगितामा सन्तोष बस्नेत र मनोज सिंहको टिम द्धितिय भएको छ भने चन्दन जि.एम र बरुण शाह, हिरा खड्का,पदम चौधरीको टिम तृतिय भएको,नेपाल निजामति कर्मचारी संगठन जिल्ला कर्यसमिती सल्यानका अध्यक्ष ध्रुब बहादुर खत्रीले बताएका छन् ।प्रथम हुने टिमलाई १५ हजार, द्धितिय हुने टिमलाई १० हजार र तृतीय हुने टिमलाई ५ हजार नगत पुरस्कार र प्रमाणपत्र प्रदान गरीएको थियो ।
आइतबार प्रमुख जिल्ला अधिकारी विपिन आर्चायको प्रमुख आतिथ्यता र नेपाल निजामति कर्मचारी संगठन जिल्ला कर्यसमिती सल्यानका अध्यक्ष ध्रुब बहादुर खत्रीको सभाध्यक्षतामा उद्घाटन गरिएको कार्यक्रमको,समापन गर्दै साहयक प्रमुख जिल्ला अधिकारी थमन खड्काले खेल क्षेत्रको बिकास हुनु राम्रो पक्ष भएको बताएका छन् ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले पछिल्लो समयमा जिल्लामा खेलकुद क्षेत्रमा प्रगति भैरहेको बताए ।
नेपाल निजामति कर्मचारी संगठन सल्यान जिल्ला ईन्चार्ज तथा नेपाल निजामति कर्मचारी संगठन केन्द्रिय अनुशासन आयोगका सदस्य प्रकाश शर्माको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा, नेपाल निजामति कर्मचारी युनियनका जिल्ला अध्यक्ष लिलाधर बबाल, नेपाल राष्ट्रिय कर्मचारी संगठनका जिल्ला समिति अध्यक्ष जित बहादुर खड्का र नेपाल निजामति कर्मचारी संगठनका प्रदेश कमिटी सदस्य टोप बहादुर वयक क्षेत्री लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नेपाल निजामति कर्मचारी संगठन सल्यानका सचिव छबि खड्काले गरेका हुन ।