सल्यानको कपुरकोट गाउँपालिकामा एक दिने निशुल्क आँखा शिविर सम्पन्न

३१ भाद्र २०७९

सल्यानको कपुरकोट गाउँपालिकाले २ सय ६६ जना आँखाका बिरामी निशुल्क उपचार गरेको छ ।


कपुरकोट गाउँपालिकाको आयोजनामा भएको एक दिने निःशुल्क आँखा शिविरमा आँखाको समस्या भएका बिरामीलाई उपचार गरिएको हो ।

उक्त शिविरबाट १६५ पुरुष र १०१ महिला गरी २ सय ६६ आँखाका बिरामीले उपचार पाएको कपुरकोट गाउँपालिकाले जनाएको छ ।
आँखा चेकजाँचका क्रममा ५० जना बिरामीको मोतियाबिन्दुको अप्रेशन गर्नु पर्ने गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताए ।भण्डारीका अनुसार राप्ती आँखा अस्पताल रक्षाचौर दाङमा असोज ४ र ५ गते मोतियाबिन्दुको अप्रेसन गरिने, आँखा अप्रेसन शुल्क आँखा अस्पताल र अप्रेसन अघिको चेकजाँज सुल्क, अप्रेसन पछि प्रयोग गर्नु पर्ने औषधी, चस्माको शुल्क गाउँपालिकाले व्यहोर्ने बताएका छन् ।

गाउँगाउँमा शिविर सञ्चालन गरिए ग्रामीण क्षेत्रका सर्व साधारणलाई ठूलो राहत पुग्ने विश्वासका साथ आँखा शिविर सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुण दाहालले जानकारी दिएका हुन ।उनले आँखा शरिरको महत्वपूर्ण अंग भएकाले यसको नियमित चेकजाँच र उपचार आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस