सल्यानमा ५८ औ राष्ट्रिय बालदिवस विभिन्न कार्यक्रमका साथ मनाइयो

२९ भाद्र २०७९

५८ औ राष्ट्रिय बाल दिवस आज सल्यानमा पनि विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।

“बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार”भन्ने मुल नारालाई अंगिकार सल्यान जिल्लाका अधिकांश बिधालय तथा शैक्षिक संस्थाहरुले बालदिवस मनाएका हुन् ।

दिवसको अवसरमा बिभिन्न्न प्रतियोगितात्मक कार्यक्रमका साथ बालमैत्री नारा र प्लेकार्ड सहित विद्यालयहरुमा -याली समेत निकालिएको हो ।

कार्यक्रममा बोल्ने सरोकारवाला निकायका ब्यक्तिहरुले बाल दिवसलाई सरकारले दिवसको रुपमा मात्र नभएर,बालबालिकाको सुन्दर भबिष्य निर्माण गर्ने खाले शिक्षा लागू गर्नु पर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस