२८ भाद्र २०७९ सल्यान बहुमुखी क्याम्पसले दुई दिने अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ ।
क्याम्पसले स्नातकोत्तर (एमएड) चौथो सेमेष्टार इपिएम र नेपाली बिषयको सोध लेखन सम्बन्धि दुई दिने अभिमुखीकरण कार्यक्रमको सुरुवात गरेको हो ।
मंगलवार कार्यक्रम उद्घाटन गर्दै सल्यान बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बिनोद कुमार वलीले क्याम्पस लाई खोज र अनुसन्धान केन्द्रको रुपमा स्थपित गर्न आफुहरु लागि परेको बताए ।
२०३७ सालमा स्थापना भएको सल्यान बहुमुखी क्याम्पसलाई उच्च शिक्षामा खोज अनुसन्धान केन्द्रको रुपमा आमूल परिवर्तन सहित बिकास गर्ने र उच्च शिक्षालाइ उत्पादन संग जोडदै शिक्षामा गुणस्तर कायम गरि समाज रुपान्तरणको माध्यम बनाउने क्याम्पस प्रमुख वलीले बताए ।
बुधबार सम्म संचालन हुने अभिमुखी करण कार्यक्रममा स्नातकोत्तर चौथो सेमेष्टारका करिव ४५ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।क्याम्पस प्रमुख बिनोद कुमार वलीको अध्यक्षता,प्राध्यापक मान बहादुर बुढाथोकीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा एपिएम र नेपालीका बिद्यार्थीहरु लाई खोज अनुसन्धान र सोध लेखन सम्बन्धि प्रशिक्षण दिइदै आएको ,सहायक क्याम्पस प्रमुख पारसमनि थापाले बताए ।
कार्यक्रममा सल्यान बहुमुखी क्याम्पसका प्राध्यापक थलराज भण्डारी,स्वबियु सभापति रामबहादुर केसी लगाएतले मन्तव्य राखेका थिय भने कार्यक्रमको संचालन सल्यान बहुमुखी क्याम्पसका प्राध्यापक शेरजंग शाहले गरेका हुन ।