२८ भाद्र २०७९
जनकल्याण नमुना माध्यमिक बिद्यालय बागचाैर नगरपालिका २, थारमारेकाे ४८ औं वार्षिकोत्स विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।
सोमबार भएको कार्यक्रमको उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगरप्रमुख जनकराज गौतमले, बिद्यालयमा रहेका समस्या तथा मागलाइ नगरपालिकाले क्रमिक रुपमा पूरा गर्ने बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गौतमले जनकल्याण नमुना माध्यामिक बिधालयको शैक्षिक सुधारका लागि शिक्षक अभिभावकलाई कटिबद्ध भएर लाग्न समेत अनुरोध गर्दै, स्थानीय सरकार चुलाेकाे सरकार भएकोले जनताकाे सुखदुःख संग नजिक रहेर काम गर्ने बताए ।
बिधालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर भण्डारीकाे अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य तथा बिधालयको चुली अक्षयकोष दाता एकराज भण्डारी,बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल,वडा नं.२ का वडा अध्यक्ष दिपेश डीसी,वडा नं.६ का वडा अध्यक्ष ज्ञानबहादुर वली,बागचौर नगरपालिका युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख टेकबहादुर डिसी,जनकल्याण क्याम्पसका अध्यक्ष भिम प्रकाश शर्मा,जनकल्याण नमुना माविका पुर्व बिधालय ब्यवस्थापन समिति अध्यक्ष एकराज डाँगी लगाएतले शुभकामना मन्तव्य राखेका थिय ।
विभिन्न प्रतियोगितात्मक कार्यक्रमका साथ सम्पन्न भएको कार्यक्रममा, पूर्व बिद्यालय व्यवस्थापन समिति अध्यक्ष, जनकल्याण बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, विभिन्न कार्यालय तथा संस्थाका प्रमुख तथा प्रतिनिधिका साथै बुद्धिजीवी, शिक्षक, बिद्यार्थी, पत्रकार र अभिभावकहरुको उपस्तिथि रहेको जनकल्याण नमूना माध्यमिक बिधालय थारमारेका प्रधानाध्यापक पुर्ण वहादुर भण्डारीले बताएका छन् ।