१३ भाद्र २०७९
सल्यानको बागचौर नगरपालिका वडा नं.२ मा रहेको बागचौर लिफ्ट खानेपानी आयोजनाको उद्घाटन गरिएको छ ।
सोमबार खानेपानी आयोजनाको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले स्वच्छ पानी पिउनु नागरिकको अधिकार भएको बताएका छन् । खानेपानीको अभावकै कारण नागरिकहरुले बर्षौदेखी दुख पाइरहेकाले स्वच्छ पानी पिउनु नागरिकको अधिकार भएको र त्यसका लागि राज्यले पहल गर्नु पर्ने उनको भनाइ रहेको थियो ।
। खानेपानीका विषयमा सरकारले ध्यान दिन आवश्यक रहेको बताउदैँ ज्वालाले संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले विकास निर्माणका विषयमा दायित्व बोध गर्दै आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् । उनले विकास निर्माणका सवालमा सम्पुर्ण राजनीतिक दल सबैसँग समन्वय गरि अगाडि बढ्नुपर्ने उहाँले बताएका थिय ।
यस्तै बागचौर नगरपालिकाका नगरप्रमुख जनकराज गौतमले खानेपानीको क्षेत्रमा जति समस्या र चुनौतीहरु छन् त्यति नै अबसरहरु पनि रहेको बताएका छन् । नगर प्रमुख गौतमले बागचौर नगरपालिकामा खानेपानीका समस्या लाई आफ्नो कार्यकाल भित्र समाधान गर्न तिर लागि पर्ने बताएका छन् ।उद्घाटन कार्यक्रममा बागचौर नगर उपप्रमुख,सुम्निमा डिसी, नेकपा माओवादी केन्द्रका नेता भिमप्रकाश शर्मा, खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालय सल्यानका प्रमुख पदमराज देवकोटा लगाएतकाले शुभकामना मन्तव्य राखेका थिय ।
खानेपानी आयोजना निर्माण उपभोक्ता समितीका अध्यक्ष ज्ञानेश्वर केसीले यस आयोजनाबाट नगर भित्रका बागचौर बजार, थारमारे बजार, जिउँला, मिलन डाँडाका करिब ४ सय घरधुरी शुद्ध खानेपानीको पहुँचमा रहेको बताएका छन् । कुल ३ करोड १६ लाखको डिपिआर मध्ये बहुबर्षिय आयोजना मार्फत हालसम्म १ करोड ९० लाख खर्च छ ।