१२ भाद्र २०७९
राष्ट्रिय प्रजातन्त्र पार्टी सल्यानले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ ।
शनिवार सल्यान खलङ्गामा पाट्री अध्यक्ष नेत्रलाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधि र प्रदेश सभाको उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले प्रतिनिधि सभाका लागि पार्टी अध्यक्ष नेत्र लाल श्रेष्ठ र सन्तोष कुमार राइलाई सिफारिस गरेको छ । यस्तै प्रदेश (क) को प्रदेश सदस्यको पदको लागि शिव बहादुर वली , अम्बर बहादुर गिरी र गङ्गा रावत तथा प्रदेश (ख) को प्रदेश सदस्यको उम्मेदवारको लागि अनुपम सिङ श्रेष्ठ , इन्द्रा भण्डारी श्रेष्ठ र गणेश भण्डारीलाई सिफारिस गरेको छ ।
समानुपातिक तर्फको प्रतिनिधि सभा सदस्यको लागि अनन्त प्रसाद उपाध्याय र वीरेन्द्र कुमार भडेल र प्रदेश (क) को लागि अनिशा बस्याल , हरि कृष्ण चन्द , रेसम बिएम , टोप बहादुर केसी , निर्मला योगी , प्रदेश ( ख)को लागि शिला बुढाथोकी , कालिका योगी , प्रदीप थापा , सञ्जय कुमार सिंह र चन्द्रकला बिक लाई सिफारिस गरेको छ ।