विपद जोखिम व्यवस्थापन सम्बन्धि दुइदिने तालीम सुरु

०८ भदौ २०७९

सल्यानको बागचौर नगरपालिकामा बिपद जोखिम व्यवस्थापन सम्बन्धि दुई दिने तालीम सुरु भएको छ ।

तालिमको उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले बिपद जोखिमलाई न्यूनीकरण गर्न दुई दिने तालिमको महत्त्वपूर्ण भुमिका रहने बताएका छन् । नगर प्रमुख गौतमले यस्ता तालिमले जनस्तरमा सकारात्मक प्रभाव पार्ने बताएका हुन ।
कार्यक्रममा बागचौर नगरपालिकाकी उपप्रमुख सुम्निमा डिसी ( वली) नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर हमाल लगाएतले उक्त तालिमको दृर्घकालिन महत्त्व र बागचौर नगरपालिकामा तालिमको प्रभावकारीता सम्बन्धि प्रष्ट पारेका थिय ।

संयुक्त राष्ट्रसंघीय आप्रवासन संगठन, USAID, NSET, नेपाल नगरपालिका महासंघ, गाउँपालिका महासंघको आयोजनामा स्थानीय सरकारहरुको क्षमता अभिवृद्धिका लागि बिहिबारसम्म संचालन हुने तालिमको उद्घाटन सत्रमा बोल्दै प्रमुख प्रशिक्षक कृष्ण कुमारी वाग्लेले तालिममा,स्थानीय तहमा विपद जोखिम व्यवस्थापनका लागि पुर्वतयारी गर्न स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना तर्जुमा निर्माण गर्ने, अगुवा संस्थाको पहिचान र जिम्मेवारी प्रदान, प्राथमिक उपचार तालिम, पुर्न ताजकि तालिम, पालिकास्तरीय ख‍ोज तथा उद्वार तालिम लगाएतका विषयमा छलफल गरिने बताएकी छन् ।उक्त तालीम सहभागीहरुलाई नेपालको विपद्को परिदृश्य, विपद् जोखिम व्यवस्थापन कसरी गर्न सकिन्छ र यसको पुर्वतयारीको लागि के के गर्न सकिन्छ लगायत समग्र विपद् सम्बन्धि जानकारी दिने वाग्लेले बताइन ।बिहिवार सम्म संचालन हुने तालिममा शारदा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द हमालले समेत प्रशिक्षण दिने नगरपालिकाले बताएको छ ।

 

कार्यक्रममा बागचौर नगरपालिका नगर प्रमुख जनकराज गाैतम, उप-प्रमुख सुम्निमा डि.सी (वली) प्रमुख प्रशासकीय अधिकृत राम बहादुर हमाल लगाएत १२ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, नगरपालिकाका शाखा प्रमुख, पत्रकारको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस