कृष्ण जन्माष्टमीको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम सम्पन्न

३ भदौ २०७९

सल्यानमा आज विभिन्न सांस्कृतिक कार्यक्रमहरु भएका छन् ।


श्रीकृष्ण जन्माष्टमीको अवसरमा जिल्लाका विभिन्न स्थानहरुमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति सहित सांस्कृतिक कार्यक्रमहरु सम्पन भएका हुन ।जिल्लाको शिद्वकुमाख गाउँपालिका वडा नं.२ को त्रिवेणी,शारदा नगरपालिका वडा नं.१२ को रेशमजिउला लगाएतका ठाउँमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमका साथ पौराणिक नृत्यहरु प्रस्तुत गरिएको थियो ।

त्रिवेणी युवा क्लब शिद्वकुमाख गाउँपालिका वडा नं.२ ले आयोजना गरेको कार्यक्रममा लोक दोहोरी गायिका टीका सानु लगाएतका कलाकारहरुको प्रस्तुति रहनुका साथै भलिबल प्रतियोगिता सम्पन्न भएको थियो भने,शारदा नगरपालिका वडानं.१२ का युवाहरुले रेशम जिउलामा आयोजना गरेको कार्यक्रममा विभिन्न पौराणिक नृत्य हरु प्रस्तुत गर्नुका साथै लोकदोहरी प्रतिष्ठान जिल्ला शाखा सल्यानले दोहोरी गित पस्तुत गरेको थियो ।

दुवै ठाउँका कार्यक्रममा हजारौं दर्शकहरुको सहभागिता रहेको कार्यक्रम आयोजकले बताएका छन् ।यस्तै आजनै शिद्वकुमाख १ को मोख्ला बजारमा लगाएत जिल्लाका अन्य स्थानहरुमा पनि पौराणिक लाखे नाच प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस