सल्यानको एक वडाले गर्भवती महिलाको लागि निशुल्क एम्बुलेन्स सेवा दिदै

०२ भाद्र २०७९

सल्यानको एक वडा कार्यालयले गर्भवती महिलाहरुको लागि एम्बुलेन्स भाडा नलाग्ने निर्णय गरेको छ ।     

जिल्लाको शारदा नगरपालिका वडा नं.१२ ले वडा भित्रका गर्भवती महिलाहरु लाई सुत्केरी गराउन जिल्ला अस्पतालमा जानको लागि एम्बुलेन्स भाडा नलिने निर्णय गरेको वडा कार्यालयले जनाएको छ ।स्थानीय सरकारको प्रत्याभूति गराउन वडा भित्रका गर्भवती महिलाहरुलाई सुत्केरी गराउन जिल्ला अस्पताल सल्यान सम्म पुग्नको लागि निशुल्क एम्बुलेन्स सेवा दिने निर्णय आफुजरुले गरेको शारदा नगरपालिका वडा नं.१२ का वडा अध्यक्ष शुरेन्द्र बुढाले बताएका छन् ।                                                                                                                                                 उनले आगामी दिनमा आफुहरुले जनताकै पक्षमा रहेर काम गर्ने बताएका हुन ।

प्रतिक्रिया दिनुहोस