दृष्टिविहिन बालबालिका लाई स्कूले झोला वितरण

०१  भाद्र २०७९                                                      सल्यानमा दृष्टिविहिन बालबालिकालाई स्कुले झोला बितरण गरिएको छ ।

जिल्लाको शिवजन माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन बालबालिका लाई स्कूले झोला वितरण गरिएको हो ।

विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजको स्थापना दिवसको अवसरमा शिवजन माध्यमिक बिधालयमा अध्यनरत १४ जना दृष्टिविहिन बालबालिका लाई स्कुले झोला बितरण गर्दै शारदा नगरपालिका वडा नं.१ का वडा अध्यक्ष प्रदिप कुमार पाण्डेले आध्यात्म बिज्ञान समाज जिल्ला शाखा सल्यानलाई धन्यवाद दिएका छ्न।वडा अध्यक्ष पाण्डेले समाजमा सकारात्मक पक्षको बिकास गर्न विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज, जिल्ला शाखा सल्यालने राम्रो काम गरेको बताए ।योग अभ्यासको माध्यमबाट शरिर तथा मन मष्तिस्कलाई स्वास्थ राख्न सकिने भएकाले मानव जीवनमा योगको महत्व बढी रहेको वडा अध्यक्ष पाण्डेले बताएका हुन ।

कार्यक्रममा कर्णाली प्रदेश संयोजक तथा योग प्रशिक्षक गिता वलीले मानव जिवनमा योगको महत्वको बारेमा प्रकाश पारेकी थिइन ।उनले योगले शरिर तन्दुरस्त राख्ने र ध्यानले आत्मा र पर्मात्मालाई जोडी मन तथा मष्तिस्कलाई स्वस्थ अवस्थामा राख्ने भएकाले योग र ध्यानको महत्व वढी रहेको बताएकी हुन ।शिवजन माध्यमिक बिधालयका प्रधानाध्यापक हिरालाल नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा,ष्टिविहिन विद्यार्थीका श्रोत शिक्षक राजेश प्रसाद अर्यालले योग तथा ध्यान बाट विद्यार्थीहरु लाभान्वित भएको बताएका थिय भने कार्यक्रममा योग पशिक्षक गिता वलीलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।

विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजले जिल्लाको सदरमुकाम खलंगा लगाएतका विभिन्न स्थानहरुमा योग, ध्यान र मोटिभेशनल कक्षाहरु संचालन गर्दै आएको योग प्रशिक्षक सनत कुमार शर्माले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस