जिल्लाको दार्मा गाउँपालिका वडा नं.३ चम्फाटाकुरामा आफ्नै दाईले गरेको एसिड प्रहारबाट सोही ठाउँका ४९ बर्षिया भिम बहादुर रावत लगाएतका ब्यक्ति घाइते भएका हुन ।घाइते हुनेहरुमा भिम बहादुर रावतकी ४० बर्षिया श्रीमती दिपा रावत र चम्फाटाकुराकै ३२ बर्षिया भिम बहादुर रावत रहेका छन् । घरायसी लेनदेनको बिषयलाई लिएर चम्फाटाकुराकै वेचे रावतले आफ्नै भाई र बुहारीलाई पसलमा बसी रहेको समयमा एसिड प्रहार गरेर घाइते बनाएको र सोही क्रममा पसलको ढोकामा उभिएका ३२ बर्षिया स्थानीय भिम बहादुर रावतको शरीरमा समेत एसिड परेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
एसिड प्रहारबाट घाइते भएका तिनै जनाको उपचार काठमाण्डौको कृतिपुर सामुदायिक अस्पतालमा भैरहेको र एसिड प्रहार गर्ने ५० बर्षिया बेचे रावतलाई सल्यान प्रहरीले नियन्त्रणमा लिएको छ । अभियुक्त बेचे रावतलाई कुटपिट तथा अंगभंग (तेजाब प्रहार) मुद्दामा ७ दिनको म्याद थप गरि अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।