२६ साउन २०७९
आँखा उपचार केन्द्र श्रीनगरले एक बर्षमा करिब ७ हजार बढि बिरामी लाई सेवा दिएको छ ।
आर्थिक बर्ष २०७८/०७९ भित्र जिल्ला भित्र र बाहिरका गरि ७ हजार ३ सय ५९ जनालाई सेवा दिएको आँखा उपचार केन्द्र शितलपाटीले जानकारी दिएको छ ।
जसमध्ये विभिन्न कामको शिलशीलामा सल्यानमा बस्ने र विभिन्न कार्यलयमा कार्यरत बाहिरी जिल्लाका ८८ जना ब्यक्तिले समेत सेवा लिएको कार्यालय प्रमुख नविना चौधरीले बताएकी छन् ।
उनका अनुसार १ हजार ७ सय २१ जनाले चस्मा लगाउनु पर्ने वा नपर्ने भन्ने बारेमा जाँच गराएका छन । आँखा उपचार केन्द्र शीतलपाटीमा वर्षमा २ पटक मोतिया बिन्दु सम्बन्धी शिविर संचालन हुदै आएको र ।१ वर्षमा सेवा लिएका ७ हजार ३ सय ५९ जना मध्य १ सय ५० भन्दा बढिको आँखाको निःशुल्क अप्रेशन गरिएको प्रमुख चौधरीले बताईन ।मोतिया विन्दुको समस्यामा भएका बिरामीको आँखाको अप्रेशन गरिएको उनको भनाई छ । ९ जना बिरामीको भने सामान्य अप्रेशन गरिएको र आँखामा मासु पलाएको तथा आन्नो उठेको अप्रेशन गरिएको उनले बताईन ।
प्रमुख चौधरीले जिल्लामा भने आँखाको अप्रेशन सेवा सुरु हुन नसकेको बताउदै, अहिले डाक्टर र उपकरण दाङबाट ल्याएर शिविर मार्फत अप्रेशन सेवा दिने गरिएको बताएकी छन् । भवनको अभाव र आवश्यक सामग्रिहरुको अभाको कारण जिल्ला बाट अप्रेशन सेवा सुरु हुन सकेको छैन । मुख्य त भवन अभावको कारण अप्रेशन कक्ष स्थापना साथै व्यवस्थित तरिकाले अन्य सेवा दिन नसकिएको प्रमुखको भनाई छ ।
अहिले आँखा अस्पताल भाडामा बसिरहेको र आफ्नै भवन नहुदाँ समस्या भएको समेत उनि बताउछिन ।अस्पतालमा प्रयाप्त आधुनिक उपकरण नहुदाँ पनि समस्या भएको समेत प्रमुखको भनाई रहेको छ ।