सल्यानी युवा गाएक भागीरथ चलाउनेको तिज गीत करोड क्लवमा प्रवेश

२४ साउन २०७९

सल्यानी युवा गाएक भागीरथ चलाउनेको यस वर्षको तीज गीत ‘झमझम झम्काना’ करोड क्लबमा प्रवेश गरेको छ ।

भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वरमा एक महिना अधि सार्वजनिक भएको तिज गीत करोड क्लबमा प्रवेश गरेको हो ।

सार्वजनिक भएको महिना दिनमै गीतले मंगलवार दिउँसो युट्युबमा करोड भ्युज पाएको हो । यसवर्ष सार्वजनिक मध्ये करोड क्लबमा पुग्ने एकमात्र तीज लक्षित गीत बनेको छ झमझम झम्काना ।

युट्युबमा पनि दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् भने यतायतिबेला टिकटकमा पनि उक्त गीत उत्तिकै हिट रहेको छ । लाखौं स्रोताले गीतका टुक्कामा टिकटक बनाएका छन् ।

प्रकाश भट्टको निर्देशनमा तयार गीतको भिडियोमा गायक भागिरथसँगै मोडल गीता ढुंगानाको अभिनय तथा नृत्य देख्न सकिन्छ ।गीतमा बोमबहादुर गाहा मगरको शब्द, भागिरथकै संगीत रहेको छ भने विनोद बाजुरालीको एरेन्ज  रहेको छ ।

प्रतिक्रिया दिनुहोस