२२ साउन २०७९ सल्यानको बनगाड क्याम्पसले पहिलो क्याम्पस प्रमुख लाई सम्मान गरेको छ ।
सल्यान जिल्लाबाट मा.वि. प्रथम श्रेणीमा नाम निकाल्न सफल भएकोमा क्याम्पसको तर्फबाट वसन्त कुमार शर्मालाई बधाईका साथ सम्मान गरिएको हो ।
आइतबार भएको कार्यक्रममा बोल्दै पहिलो क्याम्पस प्रमुख शर्माले मा.वि प्रथम श्रेणीमा नाम निकाल्न सफल भएकोमा आफुहरु खुसी भएको बनगाड क्याम्पसका प्रमुख गणेश चन्दले बताएका छन् ।
क्याम्पस परिवार तर्फबाट प्राध्यापक तथा विद्यार्थीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
२०४५ साल देखि शिक्षण पेसा सुरु गर्नु भएका शर्माले अस्थायी शिक्षक भएर जनता मावि रागेचौरमा ५ वर्ष र मावि कल्याण सुर्खेतमा २ वर्ष अस्थायी शिक्षक भएका वसन्त कुमार शर्माले २०५२ साल देखि मावि तृतीय श्रेणी बाट स्थायी शिक्षण सेवामा प्रवेश गरेका शर्माले २०६२ सालमा द्धितिय र २०७९ साल असार ३१ गते प्रथम श्रेणीमा नाम निकाल्न सफल भएका हुन ।