सल्यानमा जंगली च्याउ खादा एक बालिकाको मृत्यु ।

२१ साउन सल्यान ।
सल्यानमा जंगली च्याउ खाइ बिरामी परेकी एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको शारदा न.पा.४ साईलाकम्द निवासी ४ वार्षिया जोशना बस्नेतको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
जंगलबाट ल्याएको जंगली च्याउ खाइ बिरामी भइ औषधी उपचारको लागि आज बिहान जिल्ला अस्पताल सल्यान ल्याई उपचार गरि थप उपचारको लागी प्रादेशिक अस्पताल सुर्खेतमा रिफर गरीएकी बालिका जोशना बस्नेतको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस