नेकपाका नेता लोकमान केसी ( लोकपाल) को हत्याको आरोपमा एक जना पक्राउ

२० साउन २०७९

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता लोकमान खत्रीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बिप्लव नेतृत्वको नेकपाका नेता लोकमान केसी ( लोकपाल) को हत्याको आरोपमा छत्रेश्वरी गाउँपालिका वडा नं.१ का ४० बर्षिय टोपबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
बिहिवार बिहान बागचौर नगरपालिका १० मोख्लको शिवगुफा सामुदायिक बन नजिकै लोकपाल मृत अवस्थामा भेटिए पछि ।उनका आफन्तको किटानी जाहेरीका आधारमा खत्रीलाई पक्राउ गरिएको सल्यान प्रहरीले जनाएको छ ।

टोपबहादुरलाई उनको घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिएका छ्नभने ।जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी उनी विरुद्ध अनुसन्धान भइरहेको खनालले बताएका छन् ।मृत भेटिएका लोकमान नेकपा विशेष कमिटी सदस्य थिए । पोस्टमार्टम पश्चात नेता केसीको शुक्रबार दाहसंस्कार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस