कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारी द्वारा बिज्ञपति सार्वजनिक

१८ साउन २०७९ / बिमला बस्नेत

सल्यान कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले कपुरकोट- नीगालपानी संचालन हुने सिमेन्ट उधोगका ट्रीपर रोकिएको बिषयमा आफू माथी लगाइएको आरोप तथ्यहिन भएको बताएका छन् ।
बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै भण्डारीले गाउँपालिकाको उपाध्यक्षले दादागिरी देखाउदै चुनाव खर्च उठाउन सिमेन्ट उद्योगका गाडी सञ्चालनमा रोक लगाएको भन्दै एक अनलाईनमा समाचार प्रकासन भएपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउदै उक्त समाचारको खण्डन समेत गरेका छन् । विज्ञप्ती मार्फत गाउँपालिका उपाध्यक्ष भण्डारीले आफ्नो बारे कपोलकल्पित, हदैसम्मको भ्रामक र तथ्यहिन आरोप प्रकाशित भएको जनाउदै उक्त कार्य घृणित भएको बताएका छन् ।
उपाध्यक्ष भण्डारीले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ, ‘गाउँपालिका उपाध्यक्ष पदको गरिमा तथा लोकप्रियतामा धक्का दिने दुष्प्रयास सहित अनुचित फाईदा उठाउने, व्यक्तिगत स्वार्थपुर्ति गर्ने र कसैलाई अनुचित लाभ वा हानि पु¥याउने नियत राखी पत्रकारिताको पेशागत मर्यादालाई समेत पूर्ण रुपमा लत्याएर प्रकासित उक्त समाचारप्रति आपत्ति प्रकट गर्दछु । आफुले कहीँ, कतै र कुनै पनि समयमा कोही कसैसंग रकम मागेको वा यस किसिमको संकेत सम्म गरेको भएपनि त्यसलाई पुष्टी गर्न उपाध्यक्ष भण्डारीले चुनौती दिएका छन् । आफ्नो काम, कर्तव्य, अधिकार तथा पदिय मर्यादा प्रति स्पष्ट रहेको जनाउदै उनले सदैव नागरिकको हितको निमित्त अनवरत रुपमा खटिरहने र नागरिकको विश्वास र भरोसालाई सधै कायम राख्ने उल्लेख गरेका छन् ।
भ्रमापक र तथ्यहिन समाचार प्रकासन गर्ने अनलाईन विरुद्ध प्रेस काउन्सिलमा मुद्दा दर्ता गरी कानुन अनुसार कारवाही प्रक्रिया अगाडी बढाइने समेत भण्डारीले जनाएका छ्न ।
प्रतिक्रिया दिनुहोस