पेटमै बच्चा मरिसकेको अवस्थामा  एक महिलाको  सल्यान अस्पतालका डाक्टरहरुले गरे सफल अप्रेसन


पेटमै बच्चा मरिसकेको अवस्था  एक महिलाको  सल्यान अस्पतालका डाक्टरहरुले सफल अप्रेसन गरेका छन् ।

सल्यानको शारदा नगरपालिका १२ कि ३२ वर्षीया सीता बुढाको मंगलबार जिल्ला अस्पताल सल्यानका डाक्टरहरुले सफल अप्रेसन गरेका छन् ।

पेटमा बच्चा मरिसकेको अवस्थामा उनलाई उद्दार गरेर सुर्खेत लिनुपर्ने अवस्थामा मौषम खराबीका कारण हेलिकप्टर आउन नसकेपछि डाक्टरहरुले हाइ रिक्समा अप्रेसन गरेको सल्यान अस्पतालका कोर्डिनेटर डाक्टर अभिषेक सिंहले बताए।

पेटमा बच्चा मरेको २० घण्टासम्म सिताले बच्चा जन्माउन नसकेपछि अवस्था जटिल बनेको थियो । उच्च रक्तचाप र पाठेघर फुटेको अवस्थामा डाकटरहरुले अप्रेसन गरि मृत्त बच्चा निकालर महिलाको ज्यान बचाउन सफल भएका हुन ।
तत्काल हेलिकोप्टर आउन नसक्ने भएपछि अस्पतालका स्वास्थ्यकर्मी र सिमखर्कका नेपाल आर्मीबाट रगतको व्यवस्था मिलाइ ५ घण्टा लगाएर अप्रेशन गरिएको रअहिले महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको  अस्पताल व्यवस्थापक सुनिता सिंहले बताइन् । उनका अनुसार डाक्टर अभिषेक सिंह को नेतृत्वमा डाक्टर मेसक अधिकारी लगायतको टीमले अप्रेसन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस