रुकुम पश्चिममा अटो दुर्घटना ७ जना घाइते

१७ साउन २०७९/ रमिला मैनाली
रुकुममा अटो दुर्घटना हुँदा चालक सहित सात जना घाइते भएका छन् ।
रुकुम पश्चिम सानीभेरी गाउँपालिका वडा नम्बर १ चाइनाबगरबाट चौरजहारी नगरपालिका तर्फ जादैँ गरेको भे १ ह ६०३९ नम्बरको अटो जहारीखोलामा दुर्घटना हुँदा चालक सहित ७ जना घाइते भएका हुन् । घाइते हुनेमा अटो चालक सानीभेरी गाउँपालिका १ का पुर्ण बहादुर पुन, सोही वडाका सुन्दर पुन, शनि पुन, निसा राना पुन र निशाकी सासुआमा रहेका छन् । त्यस्तै चौरजहारी नगरपालिका वडा नम्बर ८ गोहीरीकी मन्सरी घर्ती, प्रसान्ती घर्ती, प्रसान्तीका छोरा उपेन्द्र घर्ती समेत घाइते भएको रहेका छन् । घाइते मध्ये सबैभन्दा बढि प्रसान्तीका छोरा उपेन्द्र घर्ती चाेट लागेको छ ।
गम्भिर घाइते भएपछि मन्सरी घर्ती, प्रसान्ती घर्ती, उपेन्द्र घर्ती र निसाकी सासुआमालाई थप उपचारको लागि नेपालगञ्ज पठाइएको छ भने सामान्य घाइते लाई चौरजहारी अस्पताल उपचार भैरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस