सल्यानको एक बिपन्न परिवारलाई देश बिदेश वाट आर्थिक सहयोग जुट्दै

१६ साउन २०७९/ बिमला बस्नेत

सल्यानको एक बिपन्न परिवार लाई आर्थिक सहयोग जुट्न थालेको छ ।
जिल्लाको शारदा नगरपालिका वडा नं.१४माल्नेटा गैरागाउ निवासी शंकर पुनको परिवार लाई देश बिदेश बाट जिन्सी सामानका साथ आर्थिक सहयोग जुट्न थालेको हो । दियो अनलाइन टिभिले आर्थिक अवस्था कम्जोर हुनुका साथै चार सन्तान मध्ये दुवै छोरा शारीरिक रुपमा जन्म जात अपाङ्गता भएको भिडियो केही महिना अगाडि प्रसारण गरे लगतै आर्थिक सहयोग जुट्न थालेको शंकर पुनले बताएका छन् । सोमबार मात्र पुनको परिवारलाई १ लाख ११ हजार ४ सय १५ रुपैया नगद र परिवारका सदस्यहरुले लगाउने कपडा हस्तान्तरण गरिएको छ ।
अमेरिकामा बस्ने सल्यानका सन्तोष रावल,नवराज पुन,भिमा राणा,पाण्डव चन्द,प्रेम डिसी,राजेन्द्र बोहरा,काठमाण्डौका सम्भु केसी,चितवनका श्रवण श्रेष्ठ,सुनिता श्रेष्ठ,टीका उप्रेती,पिताम्बर बस्नेत,सिराहाका सविन रोय,काठमाण्डौमा बस्ने संगिता श्रेष्ठले पठाएको नगद रकम र तनहु दमौलीकी पार्वती थापा र हङकङमा बस्ने रेशम राणामगरले पठाएका कपडा हस्तान्तरण गर्दै दियो अनलाइन संचालक संस्था रियलभ्वाइस मिडिया हाउस प्रालि सल्यानका संचालक टिकाराम भण्डारीले संचारमाध्यामले खेल्नु पर्ने सकारात्मक भुमिका मध्यको एक अभियानमा आवद्ध भएर आफुहरुले सहजीकरण गरेको बताए ।उनले यो भन्दा पहिले करिव ५ जना ब्यक्तिलाई उपचारको लागि आर्थिक संकलन गर्न सहजीकरण गरि सकेको बताएका छन् । यस्तै कार्यक्रममा बोल्दै शारदा नगरपालिका वडा नं.१४ का वडा अध्यक्ष प्रकाश पुनले भिडियो सार्वजनिक भए यता आफुहरुको पहलमा घर सम्म पानीको धारा,बिधुत ल्याउनुका साथै खरको छानालाई बिस्तापित गरेर टिनले घर छायको बताए । उनले यसै आर्थिक बर्ष भित्र पुनको घर सम्म सडक ल्याउने तयारी गरेको बताएका छन् । संचारकर्मी कमल धिताल लगाएतका ब्यक्तिले उक्त परिवारलाई आर्थिक सहयोगमा टेवा पुर्याएको बताए ।
करिव ४५ बर्षिय शंकर पुनले आफ्नो नाममा जग्गाको एक टुक्रो पनि नभएको र जंगलको बिचमा एक्लै बस्नु पर्ने बाध्यता सुनाउदै त्यसैमा दुवै छोरा शारीरिक रुपमा अशक्त भएर आफ्नो परिवारमै पीडा बढ्दै गएको बताए ।विभिन्न सहयोगी दाताहरूले प्रदान गरेको सहयोग रकम र सामाग्रीले आफ्नो परिवारलाई केही सहजता थपिएको भन्दै धन्यवाद समेत दिएका थिय ।पुनले आफ्नो सानो छोराको उपचार हुन संभव देखिएकोले अझै पनि सहयोग गरिदिन सवैमा अनुरोध गरेका छन् । पुनका चार सन्तान मध्य २० बर्षिय जेठा छोरा र ५ बर्षिय कान्छा छोरा शारीरिक रुपमा अपाङ्ग छन् भने,दुई बहिनी छोरीले भने गाउँकै स्कुलमा अध्यन गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस