१० साउन २०७९ सल्यान
सल्यानको कुपिण्डे तालमा डुवेर एक युवा वेपत्तासल्यानको कुपिण्डे तालमा एकजना युवा वेपत्ता भएका छन्
टिकटक बनाउने क्रममा चिप्लिएर लड्दा जिल्लाको कपुरकोट गाउँपालिका वडा नं.६ सिंनवाङ्ग घर भई हाल दाङ तुलसीपुर उपमहानगरपालिका ६ बस्ने अन्दाजी ३७ बर्षिय वेद बहादुर बस्नेत कुपिण्डे तालमा वेपत्ता भएका हुन् ।
मंगलबार दिउँसो साथीहरुसँग तालको छेउमा टिकटक बनाई रहेको अवस्थामा तालमा डुबेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिएका छन् ।