शारदा नगरपालिकाले साउन १ गते देखि १ सय १४ जना करार कर्मचारीको म्याद थप नगर्ने

२९ असार, सल्यान
शारदा नगरपालिका सल्यानको आज बसेको कार्यपालिका बैठकले करार कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गरेको छ ।
२०७९ साउन १ गते देखि लागुहुने गरि ११४ जना करार कर्मचारीको सम्झौता थप नगर्ने निर्णय कार्यपालिकाले गरेको हो ।
म्याद थप नगरिएका कर्मचारीहरुमा १०४ जना सडक मर्मत सम्भार कार्यकर्ता र १० जना सामाजिक परिचालक रहेका छन ।

प्रतिक्रिया दिनुहोस