कृषि विकास बैंकद्वारा शिवनज क्याम्पस र माविलाई प्रोजेक्टर र आरो फिल्टर सहयोग

१७ असार, सल्यान
कृषि विकास बैंक सल्यानद्वारा आयोजित शिवजन क्याम्पस शितलपाटीलाई प्रोजेक्टर हस्तान्तरण तथा शिवजन माविलाई आरो फिल्टर हस्तान्तरण कार्यक्रम  सम्पन्न भएको छ । शिवजन क्याम्पसको सभाहलमा भएको एक कार्यक्रममा प्रमुख अतिथि , विशिष्ट अतिथि र अथितिले क्याम्पसका सहायक क्याम्पस प्रमुख कमल थापा र शिवजन माविका प्र.अ. हिरालाल नेपाललीलाई क्रमश प्रोजेक्टर र आरो फिल्टर हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएका  शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले बैंक वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व बहन गरेकोमा खुशी व्यक्त गर्दै कृषि विकास बैंकको सहयोग हस्तान्तरणलाई आगामी दिनमा निरन्तरता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा कृषि विकास बैंकका कर्णाली निर्देशक खुर्सेद अहमद, ११ नम्बर वडाध्यक्ष राजेश शर्माले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा शारदा नगरपालिका वडा न १, ११ र १२ का वडाध्यक्षहरु प्रदिप पाण्डे, राजेश कुमार शर्मा र सुरेन्द्र बुढाका साथै कृषि विकास बैंकका कर्मचारी, विद्यार्थी, क्याम्पस संचालक समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बैंकको बारेमा बैंक कर्मचारी मदन बस्नेतले जानकारी गराउनु भएको थियो ।
कृषि विकास बैंक सल्यान शाखा प्रमुख चनद्र पाण्डेको सभाध्यक्षतामा संचालित कार्यक्रमको समापन बल बहादुर साउदले गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस