शारदा नगरपालिकाले सडक छेउका निर्माण सामाग्री व्यवस्थापन गर्न ३ दिने म्याद सहितको सुचना निकाल्यो ।

१७ असार, सल्यान
सल्यानको शारदा नगरपालिकाका पालिका भित्रका मुख्य तथा सहायक सडकहरुमा राखेका निर्माण सामाग्री सुचना प्रकाशन भएको मितिले ३ दिन भित्र व्यवस्थापनका लागि नगरपालिकाले सुचना जारी गरेको छ ।
सडकको छेउछाउमा रहेका इटा, ढुंगा, बालुवा, गिट्टी तथा अन्य निर्माण समाग्रीहरु सडक किनारमा राख्नाले यातायातका साधनहरु र मानिसहरु हिडडुल गर्न सास्ती हुनुका साथै दुर्घटनाको जोखिम बढेको भन्दै नगरपालिकाले सुचना प्रकाशन गरेको हो ।

हेर्नुहोस सुचना ।

 

 

 

प्रतिक्रिया दिनुहोस