शारदा नगरपालिकाद्वारा किसानलाई २६ लाख बढिका बाख्रा र सामाग्री वितरण

१४ असार, सल्यान
सल्यानको शारदा नगरपालिकाले वडा नम्बर ९ का ३० जना किसानलाई बाख्रा र सामाग्री वितरण गरेको छ ।
१०९ वटा खरि बाख्रा, ४ वटा बोयर बोका, ६ वटा जमुनापारी जातका बोका नगरपालिकाले किसानलाई वितरण गरिएको हो ।
शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले किसानलाई बाख्राका साथै औषधि र आवश्यक कृषि जन्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । प्रदेश सरकार अन्तर्गत पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यान बाट १५ लाख शारदा नगरपालिकाबाट साढे ४ लाख र कृषकको ५ लाख ८५ हजार गरि कुल २६ लाख ३५ हजारका बाख्रा तथा कृषि सामाग्री हस्तान्तरण गरिएको छ ।
एक स्थानीय तह एक पशु बस्तु उत्पादन कार्यक्रम अन्तर्गत प्रगतिशिल साना किसान कृषि सहकारी संस्थामा आवद्ध ३० जना किसान यो कार्यक्रमबाट लाभान्वित भएका हुन ।


बाख्रा वितरण कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले नगरवासीको जीवनशैली सुधार गर्न तथा व्यवसाय मुखी बन्न किसानलाई बाख्रा वितरण गरिएको तर धेरै ठाँउमा सरकारको अनुदानको सही सदुपयोग नभएकोले यसको लागि नगरपालिकाले अनुगमन समेत गर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख कपिल प्रसाद शर्माले वडा नम्बर ९ बाख्रा पालका लागि उपयुक्त भुगोल भएकाले यो कार्यक्रम लागु गरिएको बताउनु भयो ।
वडाको सालचौरमा बाख्रा लिन जम्मा भएका सिकसुानहरु आफुहरुले अनुदानमा बाख्रा पाउदा उनीहरु खुशी भएका छन ।
सहकारीका अध्यक्ष धर्म थापाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष हेमेन्द्र कुमार बुढाथोकी, शारदा नगरपालिका पशु सेवा शाखा प्रमुख कुस्मा के.सी. लगायतको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस