बनमा लागेको आगोमा परि सल्यानमा एक जनाको मृत्यु

४ असार २०७९

बनमा लागेको आगोले जलेर सल्यानमा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको शिद्वकुमाख गाउँपालिका वडा नं.३ डाडाकटेरीका ५७ बर्षिया दलवहादुर बुढाथोकीको बनमा लागेको आगो निभाउने क्रममा मृत्यु भएको हो ।शुक्रबार राति देखि दुबेरीचौर सामुदायिक वन र हलुवारे सामुदायिक वनमा लागेको आगो निभाउने क्रमममा बुढाथोकीको आगोको लप्कोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बनमा खोटोको काम गर्ने बुढाथोकीले आगोबाट खोटोका बाकस जोगाउने क्रममा आगोका लप्काले जलेर ज्यान गएको बताइएको छ ।

घटनाको अनुसन्धानको लागि जिल्ला बाट प्रहरी निरीक्षकको टोली घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय सल्यानका डिएसपी सुमित खडकाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस