३१ जेठ, सल्यान
सल्यानको शारदा नगरपालिकाले नागरिकता सिफारीसमा लिदै आएको कर नलिने भएको छ ।
असार १ गते देखि लागु हुने गरि नागरिकता सिफारीसमा लिदै आएको कर नलिने नगरपालिकाले जनाएको छ ।
शारदा नगरपाालिकाका मेयर प्रकाश भण्डारीले नगरवासीको सहजताको लागि नागरिकता सिफारीसमा लगाउदै आएको कर हटाएको बताए ।
नगरपालिकाको बैठक बसी असार १ गते देखि नागरिकता सिफारीस निशुल्क गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले बताए ।
नव निर्वाचित जनप्रतिनिधि आएको १ महिना नपुग्दै नगरपालिकाले वडाबाट सामाजिक सुरक्षा भत्ता वितरणको कामका साथै नागरिकता सिफारीसमा लाग्ने कर हटाएको छ ।