जेठ २९, सल्यान ।
जिल्ला समन्वय समिति सल्यानको प्रमुखमा कांग्रेसका बेलाराम रावल विजयी भएका छन् ।
सल्यानको बागचौर नगरपालिका निवासी रावलको २०१० सालमा जन्म भएको हो । प्रवीणता प्रमाणपत्र तह अध्ययन गरेका रावल २०३४ सालदेखी काँगेसको विद्यार्थी राजनितीमा सक्रिय छन । लामो समय सम्म शिक्षा क्षेत्रमा योगदान पुरयाएको रावलले कुल २० मतभार रहेको सल्यानमा १५ मत ल्याएर .विजयी भएका हुन् ।
उपप्रमुखमा माओवादी केन्द्रका अशवीर बुढाथोकी निर्वाचित भएका छन् । बुढाथोकीले १४ मत ल्याएका हुन् ।
त्यस्तै महिला सदस्यमा कांग्रेसका हिराकुमारी शाह चन्द, बिमला कुमारी खत्री र माओवादीकी विन्दु पुन विजयी भएका छन् ।
दलित तथा अल्पसंख्यक सदस्यमा माओवादीकी जमुना विक तथा अन्य सदस्यहरुमा कांग्रेसका बालकृष्ण भण्डारी, समाजवादीका चेतन गिरी र हरि केसी निर्वाचित भएका छन् ।
कांग्रेस र एकीकृत समाजवादीका उम्मेदवारले १५र१५ मत ल्याउँदा माओवादीका उम्मेदवारले १४ र एमालेका उम्मेदवारहरुले ५ मत ल्याएका हुन् ।