ढुङ्गा ओसारपसार गर्ने टिप्पर लाई कपुरकोट क्षेत्रमा प्रतिबन्ध

२१ जेष्ठ २०७९

सल्यानको कपुरकोट गाउँपालिकाले दाङ सल्यान सडक खण्डमा ढुङ्गा ओसारपसार गर्ने टिप्पर लाई प्रतिबन्ध लगाएको छ।

रोल्पा सिमेन्ट प्रा.लि.का टिप्परहरु अत्यधिक भारबहन सहित आवतजावत गर्ने र कपुरकाेट क्षेत्रका नागरिककाे जिउधनको सुरक्षामा ठुलाे समस्या रहेकाे भन्दै कपुरकाेट गाउँपालिकाको कार्यपालिका वैठकले उक्त निर्णय गरेको गाउँपालिकाले जनाएको छ । राेल्पाकाे त्रिवेणीमा रहेकाे राेल्पा सिमेन्ट प्रालिले दैनिक १ सय ५० भन्दा बढी टिप्पर प्रयाेग गरेर सल्यानकाे कपुरकाेट हुँदै दाङ तर्फ ढुंगा निकासी गर्दै आएकाे, सिमेन्ट उत्पादनकाे नाममा राेल्पा सिमेन्ट प्रालिले नागरिककाे जिउधन र प्रकृतिमाथी ठुलाे असर गरेकाे भन्दै आफुहरुले कपुरकोट क्षेत्र हुँदै ढुंगा ओसारपसार गर्ने टिप्पर लाई प्रतिबन्ध लगाएको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले बताएका छन् ।भण्डारीले स्थानीयको मागअनुसार ढुंगा बाेक्ने टिप्परमा प्रतिबन्ध लगाउने निर्णय गरेकाे र उक्त निर्णय सबै सराेकारवालाहरुलाइ पत्रचार बताए । गाउँपालिकाकाे निर्णयसँगै स्थानीयहरु टिप्पर राेक्न शनिबार देखि सडकमै उत्रिएका छन् ।

शनिबार बिहानमात्रै एउटा टिप्परलाइ खाली भन्ने ठाउँबाट फर्काइएको स्थानीय अम्बर बिसीले बताएका छन् । त्यस्तै वाइसीएल नेपालकाे केन्द्रीय सदस्य दिपेन्द्र कुमार क्षेत्रीले पनि फेसबुकमार्फत टिप्पर आतंकलाई बन्द गर्ने कार्यमा सहयोग गर्दिन सम्पुर्ण कपुरकाेटबासीहरुलाइ आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस