२० जेष्ठ २०७९/ रमिला मैनाली
तीन दिन देखि भेरी नदिमा बेपत्ता भएकी सल्यानकी एक वालिका मृत अवस्थामा फेला परेकी छन् ।
सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं.३ काराकी अन्दाजी १४ बर्षिया गीता विकको सव सोही नगरपालिका वडा नं.११ को सिस्नेपातल नजिकै भेरी नदिमा शुक्रबार भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मंगलवार दिउँसो मिलमा धान कुट्न गएकी विक भेरी नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएकी थिइन् भने ३ दिन पछि उनको सव वेपत्ता भएको स्थानबाट झन्डै ६ किलोमिटर तल भेरी नदी किनार फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले बताएका छन् ।