१७ जेष्ठ, सल्यान
शारदा नगरपालिकाले आज १४ र १५ नम्बर वडामा सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ ।
१४ र १५ को सिमाना सुवाकोटी डाडामा भत्ता बितरण गरिएको हो । ९९ बर्षका नन्दलाल भण्डारी सहित वडा नम्बर १४ बाट ५७ र वडा नम्बर १५ बाट ६० जनाले भत्ता बुझेका छ्न । दुबै वडाका गरेर जम्मा ११७ जनालाई भत्ता बितरण गरिएको हो ।
वडा नम्बर १४ का वडाध्यक्ष प्रकाश पुन, १५ का वडाध्यक्ष
लोकमान बुढाथोकी, वडा सदस्यहरु, नगरपालिकाका तथा वडाका कर्मचारीहरु, नेपाल बाङ्गलादेश बैक र माछापुच्छ्रे बैकका कर्मचारी, सुरक्षाकर्मीको उपस्थितिमा भत्ता बितरण गरिएको हो ।
वडाबाटै भत्ता पाउँदा लाभग्राही नागरीक हर्सित बनेका छन ।
बैक सम्म आउजाउ गर्न समस्या हुने जेष्ठ नागरिक, अशक्त, अपाङ्गलाई लक्षित गरि बडाबाटै सामाजिक सुरक्षा भत्ता बितरणको प्रबन्ध मिलाएको नगर प्रमुख प्रकाश भण्डारीले बताए ।