१७ जेष्ठ २०७९
सल्यानका एक युवाको काभ्रेमा मृत्यु भएको छ ।
जिल्लाको शारदा नगरपालिका १३ घर भएका ३५ वर्षीय तोभान रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
केही समय पहिले देखि काभ्रेको पनौतीमा रिक्सा चलाउदै आइहेका राना काभ्रे पनौती नगरपालिका ७ स्थित मानेश्वरी खोला किनारमा मृत अवस्थामा फेला परेको प्रहरी चौकी पनौती काभ्रेले जनाएको छ ।
मंगलबार बिहान स्थानीयले खोला किनारमा राना मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।