शारदा नगरपालिकाले गणतन्त्र दिवस मनाउदै निवर्तमान जनप्रतिनिधि लाई गर्‍यो सम्मान

१५ जेष्ठ, सल्यान ।
सल्यानको शारदा नगरपालिकाले आज एक कार्यक्रमका बिच १५ औ गणतन्त्र दिवस मनाउदै पुर्ब जनप्रतिनिधि संगै बिभिन्न ब्यक्तिहरुलाइ सम्मान गरेको छ ।
नगरपालिकाद्वारा आयोजित कार्यक्रममा निबर्तमान नगर प्रमुख सुरेश अधिकारी , उप प्रमुख साबित्रा बस्नेत,१५ वडाका अध्यक्ष ,कार्यपालिका सदस्य, वडा सदस्यका साथै नब निर्बाचित नगर प्रमुख सुस्मिता सापकोटा सुनार लगायतका जनप्रतिनिधिहरु, कर्माचारी, लगायत विभिन्न क्षेत्रका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
नगर प्रमुख प्रकाश भण्डारीको अध्यक्षता बाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुर्ब शिक्षा राज्यमन्त्री राजेन्द्र बहादुर शाह रहेका थिए ।
कार्यक्रमा स्वागत मन्तव्य निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले राखेका थिए ।
कार्यक्रममा बोल्दै निबर्तमान नगर प्रमुख सुरेश अधिकारीले पुर्ब जनप्रतिनिधिका अनुभव र सहयोग लिएर नव निर्बाचित जनप्रतिनिधिले काम गर्नु पर्ने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा पुर्ब शिक्षा राज्य मन्त्री राजेन्द्र बहादुर शाहले हजारौ सहिदको त्याग तपस्या बाट प्राप्त गणतन्त्रलाई अन्तिम विकल्पका रुपमा लिनु पर्ने र निर्बाचित जनप्रतिनिधिले जनताको भावना अनुसार काम गर्नु पर्ने बताए ।
कार्यक्रमका अध्यक्ष तथा नगर प्रमुख प्रकाश भण्डारीले गणतन्त्रको संस्थागत गर्दै आफुहरुले जनताको अहित हुने कुनै प्रकारको काम नगरी, राजनीतिक पुर्बाग्रह नराखी समान ढंगको व्यबहार र काम गर्ने बताए । ?
कार्यक्रममा नगरका पुर्ब जनप्रतिनिधिहरुलाइ कदर पत्र सहित सम्मान र बिदाइ गरिएको छ, त्यस्तै विभिन्न क्षेत्रमा संलग्न ब्यक्तिहरुलाइ नगरपालिकाले जनही नगद ३ हजार सहित कदर पत्र प्रदान गरि सम्मान गरेको छ । सम्मानित हुनेहरुमा नगरपालिकाका कर्मचारी पुनम राना, गोपाल बिस्ट, प्रजातन्त्र र समाजसेवामा योगदान गरेका ज्योति थापा,बिजुली प्रसाद सेजवाल तथा शिक्षाक्षेत्रमा योगदान पुर्याएका बीरबहादुर सेजवाल र कृषि क्षेत्रमा योगदान पुर्याउने लोकबहादुर भण्डारी रहेका छन ।
नगरपालिकाको प्राङ्गणमा सयौंको उपस्थितिमा सप्पन्न कार्यक्रमको संचालन स्वास्थ शाखा प्रमुख बिरेन्द्र हमालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस