गणतन्त्र दिवसको अवसरमा दुई कैदिको कैद सजाय मिनाहा

१५ जेष्ठ २०७९

सल्यान कारागारमा रहेका दुई कैदिको कैद सजाय मिनाहा गरिएको छ।


५० प्रतिशत भन्दा बढी कैद भुक्तान गरेका सल्यान कपुरकोट गाउँपालिका र कालिमाटी गाउँपालिकाका दुई कैदी लाई १५ औं गणतन्त्र दिवसको अवसरमा बाँकी कैद मिनाहा गरिएको हो ।

बहुविवाह र कर्तव्य ज्यान मुद्धाका कारागारमा जेल सजाय भोगी रहेका दुवै जनाको चालचलन राम्रो भएको र ५० प्रतिशत भन्दा बढी कैद भुक्तान गरि सकेका दुई जनालाई गणतन्त्र दिवसको अवसरमा बाँकी कैद मिनाहा गरिएको कारागारका बल बहादुर केसीले बताएका छन् ।
राष्ट्रपतिबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजय तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ लगायतका विभिन्न कानूनको आधारमा उक्त मिनाहा दिइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस