दार्माका २४ बर्षिय नरवहादुर बिक बागलुङमा मृत अवस्थामा भेटिए

१५ जेष्ठ २०७९

सल्यानका एक युवा बागलुङमा मृत अवस्थामा भेटिएका छन् ।

 

दार्मा गाउँपालिका वडा नं ३ धुलखर्कका २४ बर्षिय नर बहादुर बि.क बागलुङमा मृत अवस्थामा भेटिएका हुन । केहि समय पहिला मजदुरीको लागि बागलुङको मेनिमा गएका २४ बर्षिया बि.क को शनिवार लास भेटिएको जिल्ला प्रहरी कर्यालय बागलुङले बताएको छ । शुक्रबार साँझ साथिहरु संग खाना खाएर सुतेका बिक बिहान ओछ्यानमा नभएपछि, खोजि गर्दा स्थानीयले मृत अवस्थामा भेटेको प्रहरीले जानकारी गराएको छ ।

विकको मृत्युु बारे अनुसन्धान भैरहेको बाग्लुङ प्रहरीले जनाएको छ भने मृतक बिकका परिवारले भने साथिहरुले मारेर भिर बाट फालेको आरोप लगाएका छ्न ।

प्रतिक्रिया दिनुहोस