डम्बरबहादुर घर्ती ( बिजय) को उपचारको लागि आर्थिक सहयोग जुट्दै

१४ जेष्ठ २०७९/ सन्तोष भण्डारी

केही समय पहिला देखि बिरामी परेका डम्बरबहादुर घर्ती ( बिजय )लाई उपचारको लागि आर्थिक सहयोग जुट्न थालेको छ ।
  बागचौर नगरपालिका वडा नं.१०  निवासी  मुटुको क्यान्सर भएका १९ बर्षिया बिजयको उपचारको लागि सहज होस भनेर देश तथा बिदेश बाट आर्थिक सहयोग जुट्न थालेको हो । घर्तीको कम्जोर आर्थिक अवस्थाका कारण उपचारमा सहजहोस भनेर विदेशमा रहेका पत्रकार, कलाकार तथा अन्य सर्वसाधारणले सहयोग संकलन गर्न थालेको सल्यानी तुलाराम डाँगी ( क्षेत्री) ले बताएका छन् ।उनले आफ्नो अगुवाइमा साउदीको रियाद देखि ५५ हजार ७ सय ७६ रुपैया,दुवै बाट ५ हजार गरि ६० हजार ७ सय ७६ रुपैया बिरामी बिजय घर्ती लाई पठाइसकिएको बताए । डम्बरबहादुर घर्ती ( बिजय ) बचाउ अभियानको लागि, सिता राम थारु, भिम ब. खडकाले समेत साथ दिएका छन् ।
मुटुको बिरामी भएका घर्तीले आफ्नो उपचारमा सहयोग गरिदिनुहुन सवैमा अनुरोध गरेका छन् ।उनले आफ्नो कम्जोर आर्थिक अवस्था र जटिल रोगका कारण आफू लगाएत परिवारमै मानसिक तनाव बढ्दै गएका कारण भोलीका दिनमा भयावह समस्या न आवस भनेर सक्दो सहयोग गरिदिन सवैमा आग्रह गरेका हुन ।
प्रतिक्रिया दिनुहोस