१३ जेष्ठ २०७९/ बिमला बस्नेत
सल्यानमा यात्रुबहाक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
शुक्रबार सल्यानको बागचौर नगरपालिका ९ पातिहाल्नबाट दाङ तुलसीपुर जाँदै गरेको त्रिशिद्वेश्वरी राप्ती यातायात प्रा.लि द्वारा संचालित ना ३ ख ३८८४ नम्बरको बस दुर्घटना छ जना यात्रु घाइते भएका छन् ।
दुर्घटनामा परी घाइते हुने मध्य सल्यान छत्रेश्वरी गाउँपालिका २ दहखोलाकी २२ वर्षीया अन्जना गिरी, बागचौर नगरपालिका ८ कोटमौलाकी ६३ वर्षीया चम्फा ढकाल, ३८ वर्षीय अजमत कामी, ७५ वर्षीय लिलानाथ योगी र रोल्पा गङ्गादेव गाउँपालिका ३ की ५८ वर्षीया दिल कुमारी खड्का रहेका छन् । घाइतेहरूको बागचौर स्थित जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको छ ।
बागचौर नगपालिका ८ शारदा खोला पुल नजिकै बस दुर्घटना भएको हो ।बस के कारणले दुर्घटना भएको हो भन्ने कुराको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।