१२ जेठ, स#ल्यान ।
पाेषण संम्बेदनशिल कार्यक्रमअन्तर्गत शारदा नगरपालिका वडा नम्बर १२ का सुनौला हजार दिनका गर्भवती तथा सुत्केरी महिलाहरुलाइ लोकल कुखुरा बितरण गरिएको छ ।
आज एक कार्यक्रमका बिच नगरपालिकाको १२ नम्बर वडाका ४८ जना महिलाहरुलाइ लोकल कुखुरा र अण्डा बितरण गरिएको हो ।
आधारभूत स्वास्थ्य केन्द्रको भवनमा शारदा नगरपालिकाका नगर उपप्रमुख सुस्मिता सापकोटा सुनार तथा वडा अध्यक्ष सुरेन्द्र बुढाको हातबाट कुखुरा बितरण गरिएको हो ।
कुखुरा बितरण गर्दै प्रमुख अतिथि तथा उपप्रमुख सुनारले गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ तथा सन्तुलित आहारमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रम लागू गरिएको र यसले सुत्केरी तथा गर्भवती महिलाको पोसणमा सुधार ल्याउने बताइन ।।
१२ नम्बर बडामा भएको बितरण कार्यक्रममा कार्यक्रममा वडा अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष सुरेन्द्र बुढाले स्थानीय स्तरमा उपलब्ध पोसिला खानेकुराको नियमित गर्न सुझाब दिदै, बितरण गरिएका कुखुरा र अण्डाको सेवनले गर्भवती, सुत्केरी आमा र बच्चाको स्वास्थ्यमा महत्त्वपूर्ण टेवा पुग्ने बताए ।
बितरण कार्यक्रममा शारदा नगरपालिकाका पसु सेवा शाखा प्रमुख कुस्मा केसी तथा मधुसूदन उपाध्यायको उपस्थिति रहेको थियो । बितरण कार्यक्रमको सन्चालन बेल बहादुर बुढाले गरेका थिए ।