१२ जेष्ठ २०७९
सल्यानी युवा गाएक रमेश के सिंहको नंया गित सार्वजनिक भएको छ ।
नेपाली सुगम तथा आधुनिक संगीतको स्लो रक धारलाई पछ्याउँदै आएका सिंहको (छाडी जाने मायालु ) नामक बोलको गीत सार्वजनिक भएको हो ।
OSR DIGITAL मार्फत बजारमा सार्वजनिक भएको गितमा, युवा पिडिमा देखिने मानविय सम्बेदना प्रेम,रोमान्स,आशङ्खा अनि बिछोड आदि गीतको मुख्य भाव रहेको छ।जे जति विघ्न बाधा आईपरेपनी जिवनलाई सहज रुपमा जिउनु पर्छ भन्ने आसय गीतले ब्यक्त गरेको, गाएक रमेश के सिंहले बताएका छन् ।ब्यवसायी तथा पुर्व संचारकर्मी समेत रहेका सिंहले लोक दोहरिको व्यापक बाहुल्यता रहेको पश्चिम नेपाली साङ्गीतिक बजारमा आधुनिक र स्लो धारको फ्युजनमा तयार परिएको उक्त गीतलाई चुनौतिको रुम हेरिएको बताएका छन् ।
सल्यानका वरिष्ठ संगीतकार तथा गायक चेतन राईले निर्देशन गरेको गीतलाई वरिष्ठ संगीत संयोजक बिजेश्वर तान्डुकारले संयोजन गरेका हुन। गीतमा सल्यानका सम्यम सिंह र मोडेल रक्षा साप्कोटाले अभिनय गरेका छन।त्यस्तै सहायक भुमिकामा प्रेमिका शर्मा र प्रोजेक्ट म्यानेजर बिक्रम रहेका छन् ।गितको छायाङ्कन विशालले गरेका छन् भने सम्पादनमा प्रमुख भुमिका वरिष्ठ ब्यक्तित्व फराज अर्पनको रहेको छ। https://youtu.be/VJScQG80QL8