शारदा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता अब वडा कार्यालयबाटै बितरण हुने ।

१० जेठ ,सल्यान । शारदा नगरपालिका भित्र सामाजिक सुरक्षा भत्ता अब वडा कार्यालय बाट बितरण गरिने भएको छ ।

बिगतमा सामाजिक सुरक्षा भत्ता बैंकबाट बितरण हुँदा भिडभाड हुने, जेष्ठ नागरिक ,अशक्तलाई बैक सम्म आउजाउ गर्न समेत सास्ती बढेको जनगुनासो बढ्दै गएको सन्दर्भमा
आफुले चुनावी ताका गरिएको प्रतिबद्धता अनुसार तत्काल सामाजिक सुरक्षा भत्ता वडा कार्यालय बाट बितरण गर्न थालिएको शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले बताए।
उनले ,नगर भित्रका विभिन्न बैक प्रमुखहरुको संगको छलफल पछि बैक सम्म आउन नसक्ने अशक्त , जेष्ठ नागरिकहरुलाइ वडा कार्यालयमै बैक कर्मचारी, जनप्रतिनिधि र सुरक्षाकर्मीको उपस्थितीमा भत्ता बितरण गर्न लागिएको जनाए ।

नगर भित्रका मेघा,कुमारी,सिभिल,ग्लोबल आइएमइ,एनआइसी एसिया, माछापुच्छ्रे र नेपाल बाङ्लादेश बैकले नगरका १५ वटै वडा कार्यालयबाट केही दिन भित्रै सामाजिक सुरक्षा भत्ता बितरण गर्ने गरि काम अगाडि बढाइएको शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले दियो अनलाइन लाई बताए ।

हाल शारदा नगरपालिका भित्र ६१३० जनाले सामाजिक सुरक्षा भत्ता पाउदै आएका छ्न ।अहिलेलाइ वडाकार्यालय बाट भत्ता बितरण गरिने र बिस्तारै घरघर सम्म पुर्याउने लक्ष्य राखिएको शारदा नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस