शारदा नगरपालिकाका मेयर र उपमेयरको पदभार ग्रहण , गरे एस्ता निर्णयहरु

शारदा नगरपालिकाका नव निर्वाचित नगर प्रमुख प्रकाश भण्डारी र उप प्रमुख सुस्मिता सापकोटा
सुनारले एक कार्यक्रमका विच पदभार ग्रहण गरेका छन ।
आज शारदा नगरपालिकाको कार्यालयमा भएको पदभार कार्यक्रममा बोल्दै नव निर्वाचित नगर प्रमुुख प्रकाश भण्डारीले नगरपालिकाबाट प्रवाह हुने सेवामा ढिलासुस्ती नगर्न र सेवाको प्रकृति हेरी एक कार्यदिन भित्र सेवा दिन र
साथै आफुले चुनावमा प्रतिबद्धता गरेकोे सामाजिक सुरक्षा भत्ता टोलटोलबाट वितरण गर्ने कार्यकालाई तत्काल अगाडी बढाइने गरि आजैबाट काम सुरु गर्न कर्मचारीलाई निर्देशन दिएका छन ।
कार्यक्रममा बोल्दै निवर्तमान उपप्रमुख सावित्रा बस्नेतले जनअपेक्षा अनुसार पारदर्शी ढंगले काम गर्नुपर्नेमा जोड दिइन ।
आफुहरुले कसैलाई काखापाखा नगरि समान ढंगबाट काम गर्ने नवनिर्वाचित उपप्रमुख सुस्मिता सापकोटाले बताइन ।
नगरका कर्मचारीले नवनिर्वाचित नगर प्रमुख भण्डारी र उप प्रमुख सुनारलाई स्वागत तथा निवर्तमान नगर उपप्रमुख सावित्रा बस्नेतलाई विदायी गरेका थिए ।
पदभार कार्यक्रमको संचालन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस