२०७९ जेष्ठ ०६
सल्यानको बागचौर नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरु बागचौर बजार सरसफाइ अभियानमा जुटेका छन् ।
स्थानीय तह २०७९ निर्वाचन बाट निर्वाचित भएका जनप्रतिनिधि हरु बागचौर बजार सरसफाइको अभियानमा जुटेका हुन ।
नेपाली काँग्रेसको तर्फबाट बागचौर नगरप्रमुखको पदमा निर्वाचित नगर प्रमुख जनक राज गौतम र माओवादी केन्द्रको तर्फबाट बागचौर उपप्रमुख पदमा निर्वाचित सुम्निमा डिसी ( वली) को नेतृत्वमा भएको बागचौर बजार सरसफाइ कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता र सरोकारवाला निकायका ब्यक्तिहरुको सहभागिता रहेको थियो । निर्वाचनको समयमा भएको फोर लाई व्यवस्थापन गर्न आफुहरु लागि परेको सहभागीले बताएका छन् ।
नव निर्वाचित जनप्रतिनिधिहरुले बागचौर नगरपालिकाको बिकासका लागि जनपक्षीय काम गर्नु पर्नेमा स्थानीय वासिन्दाहरुले जोड दिएका छन् ।