सल्यानमा गाडीमा करेन्ट लाग्दा दुई जनाको मृत्यु

२ जेठ २०७९

सल्यानमा गाडीमा करेन्ट लाग्दा २ जनाको ज्यान गएको छ भने १० जना भन्दा बढी घाइते भएका छन् ।

स्थानीय तहको निर्वाचन जिते पछि बिजय उत्सव मनाउन कुमाख गाउँपालिकाको रागेचौर आउदै गरेको गाडीमा करेन्ट लाग्दा उक्त घटना घटेको प्रहरीले जनाएको छ ।

 

जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकाहरुलाई करेन्ट लागेको हो । गाडीको छतमा झण्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरुलाई विजुलीको तारबाट करेन्ट लागेको प्रहरीले जनाएको छ ।

घटनाबारे विस्तृत विवरण आएको छैन् । रागेचौर प्रहरीका अनुसार छतमा बसेकाहरुले विद्युतको तारले छुँदा घटना भएको हो । घाइतेहरुलाइ रुकुम चौरजहारी अस्पताल लगिएको छ । मृतकको पहिचार खुलेको छैन् ।

प्रतिक्रिया दिनुहोस