सल्यानको कुमाखमा विजय जुलुसका लागि हिडेको बसमा करेन्ट लाग्दा २ को मृत्यु, १५ घाइते

२ जेठ, सल्यान

सल्यानको कुमाख गाउँपालिका १ शान्ति बजारमा विजय जुलुसका लागि आउदै गरेको बसमा विजुलीको तार छोइन पुग्दा २ जनाको मृत्यू भएको छ ।
मृत्यु हुनेमा कुमाख १ का २६ वर्षीय लोकेन्द्र राना, र सोही वडाका वर्ष २३ का गोपाल बुढाथोकी रहेका छन ।
उनीहरु दुवै जनाको चौरजहारी मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घाइतेहरुमा सोही वडाका विनोद बुढा, मेहन्द्र रावत,निखिल वि.क.,लिलामणि बुढाथोकी, प्रकाश बुढाथोकी, विराज बुढाथोकी,सोलन बुढाथोकी, हेमन्त बुढाथोकी, डिल्ली राना, प्रकाश शाह,हेमन्त वि.क., नविन रावत, हिमाल राना र चौर जहारी नगरपालिका १ का गोविन्द वि.क. रहेका छन ।
घाईतेहरुको अहिले रुकुम पश्चिम स्थित चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुमा विनोद बुढाको अवस्था गम्भिर भएपनि अरुको अवस्था सामान्य रहेको बताइएको छ ।
कुमाख गाउँपवालिकामा काँगे्रसबाट गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकीको विजय उत्सव मनाउन हिडेको बसमा करेन्ट लागेको हो।

प्रतिक्रिया दिनुहोस