२२ बैशाख
सल्यानमा भिरबाट लडेर एक महिलाकोे मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको कुमाख गाउँपालिका वडा नं.३ चिनाली निवासी ४० बर्षिया तिलसरी घर्तीमगरको भिरबाट लडेर मृत्यु भएको हो ।
आफन्तीको विवाह बाट घर फकिर्ने क्रममा सिद्ध कुमाख गाउँपालिका ४ मा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ । घर्तीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।