बागचौर नगरपालिकामा चुनावी सभा सुरु

१८ बैशाख २०७९

सल्यानको बागचौरमा चुनावी सभा हुन सुरु गरेका छन् ।                 

निर्वाचन कार्यालय बाट उम्मेदवार हरुले चुनावी चिन्ह पाए संगै चुनावी सभा सुरु हुन थालेका हुन ।नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी सम्मिलित गठबन्धनले नगरको वडा नं.४ र ५ मा चुनावी सभा सम्पन्न गरेको छ ।

दुवै ठाउँमा आइतबार भएका चुनावी सभामा बोल्दै गठबन्धनको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार कृति बहादुर पुन ( प्रकाण्ड) ले माओवादी र समाजवादी पार्टीका राजनीतिक एजेन्डा जोगाउन र एमालेको प्रतिगमन तथा अराजक शैलीका कारण आफुहरु एक भएर चुनावी अभियानमा होमिएको बताए ।बागचौर नगरपालिका माओवादिको आधार इलाका भएको भन्दै जनताले उक्त गठबन्धन लाई भारी मतले जिताउनेमा आफू बिस्वस्त रहेको बताए ।उनले आफू नगर प्रमुखको रुपमा निर्वाचित भएपछि जनमुखी कामहरुलाई अगाडि बढाउने बताएका छन् ।माओवादी केन्द्रको नेतृत्वमा निर्वाचित जनप्रतिनिधिले पहिलो चरणमा गरेका अपुर्ण कार्यालय पुर्णता दिने आफुहरुको पहिलो उधेश्य रहेको बताए ।

वडा स्तरीय चुनावी सभामा बोल्दै बागचौर नगर उप प्रमुख पदका उम्मेदवार सुम्निमा डिसिले बागचौर नगरका १२ वटै वडाका सडक स्तरवृद्धि तथा कालोपत्रे गर्ने , हरेक वडाका नागरिकलाई सर्बसुलभ स्वास्थ्य, शिक्षा, सिचाईको पहुँचमा सबैलाई समेट्ने आफ्नो प्रमुख एजेन्डा रहेको बताउँदै समग्र बागचौर नगरको विकास,शुसासनका लागी आफ्नो सिङ्गो प्यानललाई नै अत्यधिक बहुमतले विजयी गराउन अपिल गरेकी छन् ।

माओवादी केन्द्र बागचौर -४ का वडा अध्यक्ष डिल्लीराज वलीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका नेता भिम प्रकाश शर्मा ,रत्न बहादुर वली, वडा अध्यक्ष पदका उम्मेदवार कृष्ण बहादुर बस्नेत लगायतले समग्र बागचौरको विकास र समृद्धिको लागी गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन् ।

चुनावी सभा कार्यक्रममा सयौ वडा वासीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस