निर्वाचन जिते पश्चात् सरकारी सेवा सुबिधा नलिने घोषणा

१८ बैशाख २०७९

सल्यानको त्रिबेणी गाँउपालिकामा गठबन्धन बाट अध्यक्ष पदका उम्मेदवार रहेका डिल्ली बहादुर केसीले आफू निर्वाचित भएपछि कुनै पनि सरकारी सेवा सुबिधा नलिने घोषणा गरेका छन् ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि त्रिवेणी गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार रहेका केसीले आफुले गर्ने राजनीति लाई पेशाको रुपमा नभइ ,सेवाको रुपमा स्थापित गर्न निर्वाचन जिते पश्चात् गाउँपालिका बाट प्राप्त हुने कुनै पनि सेवा सुबिधा नलिने घोषणा गरेका हुन ।

नेकपा एकीकृत समाजवादीको तर्फबाट अध्यक्ष पदको उम्मेदवार बनेका केसीले आफुले पाउने सेवा सुविधा वाफतको रकमबाट गाउँपालिका भित्र अक्षयकोष निर्माण गरिने र गरिव तथा विपन्न परिवारको आर्थिक सुधारका लागि पर्ने उनले बताएका हुन ।केसीले आफुले निर्वाचन जितेपश्चात मासिक तलव, बैठक तथा भ्रमण भत्ता, सरकारी गाडी तथा इन्धन केही पनि लिने घोषणा गरेका हुन ।

नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका बिच चुनावी गठबन्धन भएको त्रिवेणी गाउँपालिकामा यो पटकको निर्वाचनमा गठबन्धनको जित हुने सुनिश्चित भएको गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार राजेन्द्र कुमार थापा ( आरके) ले बताएका छन् ।नेकपा माओवादी केन्द्रको तर्फबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका थापाले त्रिवेणीको समृद्धिका लागि आफुहरु लागि पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस