सल्यानमा चुनावी प्रचारप्रसार अभियानमा तीव्रता

१५ बैशाख                                                                स्थानीय निर्वाचनको लागि सल्यानमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले चुनाव प्रचारप्रसार लाई तिब्रता दिएका छन् ।       

बैषाख ३० गते हुन गहिरहेको स्थानीय तहको निर्वाचनको लागि सल्यानका दस वटै स्थानीय तहमा चुनावी प्रचार प्रसारलाई तिब्रता दिइएको छ ।

आफ्न पार्टीका उम्मेदवारहरुलाई जिताउनको लागि गाउँ बस्ती र घर आगनमा राजनीतिक दलका नेता कार्यकर्ता खटिरहेका छन् ।भने स्वतन्त्र उम्मेदवारहरुको लागि पनि आफन्त र शुभचिन्तक खटी रहेका छन् ।

१ लाख ५७ हजार ७ सय १५ मतदाता रहेको सल्यानका दस वटै स्थानीय तहमा कस्ले बाजि मार्ने हो त्यो भने हेर्ननै बाँकी छ ।

प्रतिक्रिया दिनुहोस