सल्यानका २ स्थानीय तहमा प्रमुख पदका लागि स्वतन्त्रत उम्मेदवारी दर्ता

११ बैशाख,सल्यान

सल्यानका २ पालिकामा प्रमुख पदकोलागी २ जनाको स्वतन्त्र उम्मेद्वारि दर्ता भएको छ।

आगामी बैषाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि छत्रेश्वरी गाउँपालिका अध्यक्षको लागि नेत्र विक्रम चन्द विप्लव नेतृत्व को ( नेकपा ) का सल्यान जिल्ला इन्चार्ज लोकपाल केसी र बागचौर नगरपालिका नगरप्रमुख पदको लागि चित्र बहादुर डाँगीले स्वतन्त्र उम्मेदवारी दिएका हुन ।

लोकपाल केसी र चित्र बहादुर डाँगीले निर्वाचन अधिकृतको कार्यालय छत्रेश्वरी गाउँपालिका र बागचौर नगरपालिकाको कार्यालयमा स्वतन्त्रबाट पहिलो नम्बरमा उम्मेद्वारि गराएका हुन।

छत्रेश्वरी गाउँपालिकामा उपाध्यक्ष पदको लागि विप्लव समुहकै हिरा बुढाले समेत स्वतन्त्र बाट उम्मेदवारी दर्ता गराएकी छन् यस्तै सोही समुह बाट केही वडामा समेत अध्यक्षको लागि उम्मेदवारी परेको हो ।

प्रतिक्रिया दिनुहोस